Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

भारतद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

भारतले नेपाली सेनालाई कोभिड–१९ संक्रमण महामारीको रोकथाम, नियन्त्रण र प्रतिकार्यमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।     

 

प्रधानसेनापति पूर्णचन्द्र थापालाई सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय सेनाद्वारा सहयोगस्वरुप उपलब्ध गराइएको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।     

 

निर्देशनालयका अनुसार नेपाली सेनालाई भेन्टिलेटर, आइसियु शय्या, पिपिई सेट र एम्बुलेन्सलगायतका स्वास्थ्य सामग्री प्राप्त भएको छ ।

 

सो अवसरमा प्रधानसेनापति थापाले राजदूत क्वात्रालाई भारतीय सेनाले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै