Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

श्रीलंकालाई मल किन्न भारतले दियो ५ करोड ५० लाख डलर

चरम आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्कलाई भारत सरकारले युरिया मल खरिदका लागि ५ करोड ५० लाख अमेरिकी डलर ऋण प्रदान गरेको छ । 

 


प्रधानमन्त्री रनिल विक्रमसिङ्घे, कृषिमन्त्री महिन्दा अमरावीर, श्रीलंकाका लागि भारका उच्चायुक्त गोपाल वाग्ले र दुवै देशका उच्च अधिकारीको उपस्थितिमा शुक्रबार यहाँ ऋणसम्बन्धी समझदारीपत्रमा श्रीलंका सरकार र भारतीय एक्जिम बैंकबीच हस्ताक्षर भएको हो । 

 


धान रोपाइँको याममा मल खरिद सुनिश्चित गर्न समयमै आपूर्ति व्यवस्था मिलाउन दुवै पक्षले द्रूत गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

 

हस्ताक्षर समारोहमा प्रधानमन्त्री विक्रमसिङ्घेले भारतको ‘छिमेक पहिले’ नीतिअनुसार प्राप्त ऋण सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै