Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

आज र भोलि मतदाता परिचय पत्र वितरण हुँदै

नयाँ मतदाताहरुका लागि निर्वाचन आयोगले आज र भोलि मतदाता परिचय पत्र वितरण गर्दै छ । 

 

पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरुलाई आयोगले बुधवार र बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने भएको हो । आयोगले सम्बन्धित मितदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण गर्ने जनाएको छ । 

 

नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७ सय ४३ वडा भित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा निर्वाचनको व्यवस्था गरिएको आयोगले जनाएको छ । 

 

आसन्न स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते शुक्रवार देशभर हुँदै छ । आयोगले स्थानीय तहको निर्वाचनका लागि मंगलवार रातिबाट लागू हुने गरेर मौनावधि शुरु भएको जनाएको छ । यो अवधि वैशाख ३० स्थानीय तहको निर्वाचन नसकिउन्जेलसम्मका लागि लागू हुनेछ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै