Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

अमेरिकाको रात्रि क्लबमा गोली चल्दा २ जनाको मृत्यु, १० घाइते

अमेरिकाको लोवा सहरस्थित एक रात्रि क्लबमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ ।साथै घटनामा परी थप १० जना घाइते भएका छन् ।

 

अमेरिकी सञ्चारमाध्यहरुका अनुसार स्थानीय समयअनुसार बिहानको साढे १ बजे  डाउनटाउन सिडर र्‍यापिड्सको ट्याबू नाइटक्लबमा भएको थियो ।

 


गोली लागेर दुई जनाको मृत्यु भएको छ  । अन्य घाइते १० जनालाई नजिकैको अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । प्रहरीले सम्भावित संदिग्धको बारेमा खोजी जारी राखेको छ ।

 


सीएनएनका अनुसार गोली चल्न सुरु गर्दा नाइटक्लबमा करिब १५० जना मानिसहरु थिए । समाचारमा उल्लेख गरिएअनुसार यो घटनामा पाँचजना मानिसहरु संलग्न थिए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै