
टर्कीको प्रहरीले अवैधरुपमा ग्रीस प्रवेशको योजनामा रहेका ३७ नेपालीलाई पक्राउ गरेको छ ।
टर्कीको प्रहरीका अनुसार इस्तानबुलको एक घरबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरु मध्यरातमा भागेर ग्रीस पुग्ने योजनामा रहेको प्रहरीको दाबी छ ।
इस्तानबुलमा रहेका नेपालीले दिएको जानकारीअनुसार प्रहरीले कागजपत्र हेरेर तीनजनालाई भने छाडेको छ ।
अन्य ३४ जना भने अझै पनि टर्किस प्रहरीको नियन्त्रणमा छन् । उनीहरुले ग्रीस प्रवेशका लागि प्रतिव्यक्ति ४ देखि साढे ४ लाख रुपैयाँसम्म एजेन्टलाई बुझाएको बताइएको छ ।
गैर आवासीय नेपाली संघ टर्कीका अध्यक्ष उज्वल कुमार घिसिङले पछिल्लो समय टर्की हुँदै अवैधरुपमा युरोप प्रवेश गर्ने नेपालीको संख्या बढेको बताएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit