Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

पाकिस्तानः इमरान खानको पार्टीका सांसदले दिए सामूहिक राजीनामा 

पाकिस्तानको संसदको तल्लो सदन राष्ट्रिय सभाबाट इमरान खानको तहरिक–ए–इन्साफ (पीटीआई)का सदस्यहरुले सामूहिक राजीनामा घोषणा गरेका छन् । 

 

साथै उनीहरुले राष्ट्रिय सभामा हुने प्रधानमन्त्री निर्वाचनको पनि बहिष्कार गर्ने उल्लेख गरेका छन् ।

 

निवर्तमान प्रधानमन्त्री इमरान खानले संसदीय दलको बैठकमा भने, ‘हामी उनीहरुसँग कहिले पनि विधानसभामा बस्न सक्दैनौं ।’ 

 

यसैबीच सञ्चारकर्मीहरुसँगको कुराकानीमा राष्ट्रिय सभामा पीटीआईका नेता तथा निवर्तमान सूचनामन्त्री फवाद चौधरीले भने, ‘हामी राजीनामा दिन्छौं र स्वतन्त्रताको लडाइँ लड्नेछौं ।’

 

इमरान खानले  विदेशी शक्तिको आडमा पाकिस्तानमा नयाँ सरकार बन्न लागेको आरोप लगाएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै