Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

अष्ट्रेलिया र जापानबीच प्रतिरक्षा सन्धिमा हस्ताक्षर

हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैनिक र आर्थिक प्रभावका बीच अष्ट्रेलिया र जापानले बिहीवार ऐतिहासिक प्रतिरक्षा सन्धिमा हस्ताक्षर गरेका छन् ।

 

 

बिहीबार भर्चुअल माध्यममार्फत अष्ट्रेलियाली प्रधानमन्त्री मरिसन र जापानी प्रधानमन्त्री फुमियो किसिदाले सन्धिमा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षरपछि मरिसनले सन्धिले हिन्द प्रशान्त क्षेत्रलाई अझै स्थिर र सुरक्षित तुल्याउने बताएका छन् । 

 

 

सन १९६० मा जापानले अमेरिकासँग जापानले पहिलो पटक यस्तो सन्धि गरेको हो । हालको यो सहमति जापानले गरेको दोस्रो प्रकारको सन्धि भएको जनाइएको छ । 

 

 

अष्ट्रेलियाली मरिसनले आरएए सन्धिपछि जापान र अष्ट्रेलियाले अहिले भोगिरहेको अनिश्चितताको अन्त्य हुने बताएका छन् । सन्धिले अष्ट्रेलियाली प्रतिरक्षा शक्ति र जापानी आत्मरक्षा शक्तिबीच घनीभूत सहकार्य हुने अलजजिराले जनाएको छ ।

 

 

सन्धिपछि दुबै मुलुकले संयुुक्त सैन्य अभ्यास गर्ने, दुबै मुलुकका सैनिकको द्रुत परिचालन, हतियार आपूर्तिमा प्रतिबन्ध लगाउने तथा संयुक्त तालिम र प्राकृतिक विपतको कार्यमा सहकार्य हुने पनि जापानको क्योदो समाचार संस्थाले जनाएको छ ।

 

 

सन्धिपछि जापानी प्रधानमन्त्री किसिदले सन्धिले दुई मुलुकबीचको प्रतिरक्षा सहकार्यलाई नयाँ उचाइमा लैजाने बताएका छन् । विश्लेषकहरु जापान र अष्ट्रेलियाको सहमतीको उद्देश्य चिनियाँ प्रभावलाई रोक्नु रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै