Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

नेपाली सेनाद्वारा पाल्पा दरबारलाई संग्रहालय हस्तान्तरण 

नेपाली सेनाले पाल्पामा निर्माण भएकाे सैनिक संग्रहालय पाल्पा दरबारलाई हस्तान्तरण गरेको छ ।

 

 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार लुम्बिनी प्रदेश, पाल्पा जिल्ला, तानसेन नगरपालिका ४ मा निर्माण भएको पाल्पा दरबार सैनिक संग्रहालय बिहीबार एक कार्यक्रमका बीच पाल्पा दरबार संग्रहालयका प्रमुखलाई हस्तान्तरण गरेको हो । 

 

नेपाली सेनाद्वारा बिभिन्न ऐतिहासिक युद्ध सामग्री, हातहतियार, पोशाक, आभुषण तथा विभुषण र महत्वपूर्ण दस्ताबेजहरु समाबिष्ट गरी उक्त संग्रहालयको  निर्माण गरेको निर्देशनालयले जनाएको छ ।

 

 

उक्त हस्तान्तरण कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, तानसेन नगरपालिका नगर प्रमुख, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुख, ईतिहासविद्, समाजसेवी, प्राध्यापक तथा नेपाल पत्रकार महासंघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

 

उक्त सैनिक संग्रहालयको मंसिर १४ गते प्रधानसेनापति प्रभुराम शर्माले समुद्घाटन गरेका थिए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै