Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

ओलीले मदन भण्डारी फाउन्डेसन गठन गरेर देशव्यापी गुटबन्दी गरे : खनाल 

फाइल तस्बिर


नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन गठन गरेर देशव्यापी गुटबन्दी सुरु गरेको आरोप लगाएका छन् । एमालेको खनाल–नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय पक्षमा नेता खनालले पार्टीमा गुटबन्दी ओलीले सुरु गरेको आरोप लगाएका हुन् ।

 

‘ओलीले मदन भण्डारी फाउन्डेसन गठन गरेर देशब्यापी गुटबन्दी सुरु गरेका हुन् । उनको गतिविधिले पार्टीमा विधि, पद्धति, अनुशासन तोडियो र अराजकता पैदा भयो । वैचारिक काम शून्य हुन थाल्यो । पार्टी दक्षिणपन्थी भासतर्फ गयो,’ उनले भने । 

 

नेपालको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनको विशेष अवस्थामा यो भेला आयोजना गरिरहेको उनको भनाइ छ । सर्वोच्च अदालतले एमालेको ब्यूँताएपछि पनि ओलीले बालुवाटारमा गुट भेला गरेर एकतर्फी निर्णयहरू गरेको खनालको आरोप छ ।

 

ओलीले मनपरीतन्त्र र अहंकारले ग्रस्त भएर पार्टीलाई बेवास्ता गरेर एकलौटी ढंगले अघि बढ्न खोजेको बताउँदै पार्टी एकीकरणपछि अपेक्षित ढंगले अघि बढ्न नसकेको बताए । ‘हामीले सरकारको शैलीको आलोचना गर्न थाल्यौं । तर, ओलीले पार्टीको बैठकमा सहभागिता नै जनाउन छाड्नुभयो । एमालेमा गुटबन्दी सुरु गर्ने नेता अरु कोही होइन ओली हो,’ उनले भने ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

ओलीको संसद विघटन गर्ने निर्णयः राजनीतिक बेइमानी, संविधानमाथि ‘कू’ र द्वन्द्वको सुरुवात 

लामो समय कानून पत्रकारिता गरेका नेपाल पत्रकार महासँघका पूर्व सभापति तथा खोज पत्रकारिता केन्द्रका संम्पादक शिव गाउँले प्रधानमन्त्रीको कमदलाई राजनीतिक बेइमानीको सज्ञा दिएका...

चैत ५, २०७७