Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

कैलालीमा दुई भारतीय प्रहरी नियन्त्रणमा

कैलालीमा नेपाल प्रवेश गरेका दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिइएको छ । उनीहरुले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिएपछि नियन्त्रणमा लिइएको हो ।

 

हरियाणामा कार्यरत उनीहरु बिहीबार नेपाल प्रवेश गरेका थिए । प्रहरी हवल्दार सुनिल कुमार र प्रहरी जवान सतेन्द्र कुमारले चलाएको एचआर ३१ पीअ८७७९ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिएको हो ।

 

टीकपुर–९ झुगामा स्थानीय इन्दलकुमार गोडिया सवार मोटरसाइकललाई उनीहरुले चलाएको गाडीले ठक्कर दिएको हो । घायते गोडियाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

 

कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले उनीहरुले व्यक्तिगत कामको लागि नेपाल प्रवेश गरेको पर्दाफासलाई बताए । ‘उनीहरुले सादा पोसाकमा व्यक्तिगत कामको लागि नेपाल प्रवशे गरेका थिए । तर, गाडीले मोटरसाइकललाई ठक्कर दिएपछि नियन्त्रणमा लिएपछि सोधपुछ गरिएको छ । घाइतेको उपचार खर्च लगायत कुरा मिलेपछि मात्र छाड्छौं,’ उनले भने ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै