Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

अवैध मलेसियन रिंगेट सहित १ भारतीय त्रिभुवन विमानस्थलबाट पक्राउ

अवैध मलेसियन रिंगेट सहित भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

 

 

अवैध रुपमा लुकाई छिपाई मलेसिया लैजान लागेको ३८ हजार ९ सय मलेसियन रिंगेट सहित भारतीय नागरिक राहदानी नम्बर भि ४७१८४३६ बाहक ४० वर्षीय आरिसलाई बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

 

हिमालय एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट मलेसियाको क्वालालम्पुर जान लागेका आरिसको लगेजभित्र खैरो रंगको खाममा विभिन्न दरका गरी उक्त मलेसियन रिंगेट फेला पारी  प्रहरीले बरामद गरेको छ ।

 

 

बरामद मुद्रा सहित उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै