
कुनै बेला आफुलाई अक्षमको ट्याग लगाएर प्रधानमन्त्रीबाट हटाएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने भए चुनाव लडेर आउन प्रधानमन्त्री शेरबहादुर देउवाले चुनौती दिएका छन् ।
गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार बिहान शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो चुनौती दिएका हुन् । उनले पूर्वराजा ज्ञानेन्द्रलाई गणतान्त्रिक शासन व्यवस्थाविरुद्ध नलाग्न पनि चेतावनी दिए ।
प्रधानमन्त्री देउवाले शासन गर्नका लागि चुनाव लडेर आउनु पर्ने बताउँदै प्रजातन्त्रको बिरुद्धमा नलाग्न चेतावनी समेत दिए । उनले पूर्वराजा शाहलाई प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिने बताउँदा आफूलाई जेलमा हालेको स्मरण गर्दै शासन व्यवस्थाबिरुद्ध नलाग्न चेतावनी दिए ।
प्रधानमन्त्री देउवाले भने, ‘गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो, हामीले ल्याएकै होइन, मैले सरकार सबै चढाउँछु, प्रजातन्त्रबिरुद्ध जान सक्दिन सरकार भने, तर मलाई जेलमा थुनियो, त्यसकरण एकाएक जनता तातिए, प्रजातन्त्र आइसकेको देशमा प्रजातन्त्रको पक्षमा गइसकेको छ, त्यही पनि साशन चलाउँछ, यसको खिलाफमा मान्छे लाग्न सक्छन्, त्यसकारण अगाडि बढे भइहाल्यो नि, मैले भनिसकेँ प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरु हुनै सक्दैन, उनीहरुले चुनाव आएर लडे भइहाल्यो नि, चुनाव लड्न नसक्ने अनि प्रजातन्त्रको खिलाफ भनेर हुन्छ, यो अहिले सबैभन्दा राम्रो संविधान छ, समावेशी, समानुपातिक छ, सबैलाई अटाएको छ, केही समस्याहरु आउन सक्छन् हामीले प्रजातान्त्रिक ढंगबाटै समाधान गर्नुपर्छ ।’
प्रधानमन्त्री देउवाले प्रजातन्त्रमा सबैभन्दा ठूलो शक्ति भनेकै जनता भएको स्मरण समेत गराए । उन्ले निर्वाचन आयोग र वडादेखि नै हुने चुनाव निष्पक्ष र धाँदलीरहीत हुनुपर्ने बताए ।
प्रधानमन्त्री देउवाले प्रजातन्त्रलाई जनताप्रति लक्षित कसरी बनाउने भनेर छलफल गर्न आवश्यक रहेको र यसका लागि संविधानका केही कुरामा आफ्नो पनि असहमती रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्दै लैजाने दाबी गरे ।
प्रधानमन्त्री देउवाले भने, ‘जनता भन्दा ठूलो अर्को शक्ति नै छैन हेर्नुस्, जनता नै हो यो देशको मालिक, जनताले सहयोग गरेनन् भने जान्छ, त्यसैले यहाँ जनतन्त्र भन्छ, प्रजातन्त्र भन्छ, प्रजा भनेको जनता नै हो, यसमा अर्को पाटो हो निष्पक्ष चुनाव, कसैले पनि धाँदली गर्न नसकोस्, बद्मासी गर्न नसकोस्, त्यसैले निर्वाचन आयोग छ, त्यो
अत्यन्तै स्वतन्त्र हुनुपर्छ, कुनै पार्टीसँग मिल्ने होइन, स्वतन्त्र रहने संस्था हो, निर्वाचन आयोगले कसैको कुरा मान्दैन, आफ्नो नीतिअनुसार हिँड्छ, निष्पक्ष निर्वाचन आयोगका साथसाथै वडा–वडा बाट नै निष्पक्ष चुनावबाट जो आउँछ मान्नुपर्छ, उपाय नै छैन, जितेपनि हारेपनि सहस्र स्वीकार गर्नु हाम्रो कर्तव्य हो, सरकारले जनताप्रति काम गरेन भने अर्को अउँछ, जनताप्रति पजातन्त्रलाई कसरी उत्तरदायी बनाउने त्यता तिर लागौँ न हामी, मैले त धेरै पटक भनिसकेको छु ।’
प्रधानमन्त्री देउवाले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनका कारण नेपालमा मनसुनजन्य विपद् आइरहेको बताए । उनले विश्व नै अहिले पेट्रोलियम पदार्थलाई बिस्थापित गरेर विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्ने रणनीतिअनुसार अघि बढीरहेको भन्दै नेपालले पनि त्यहीअनुसार अघि बढ्नुपर्ने बताए । प्रधानमन्त्री देउवाले क्लाइमेट चेन्ज (जलवायु परिवर्तन)का कारण देशका हिमालहरुमा हिउँ पर्न छोडेको भन्दै अब वातावरण सफा बनाउनेतर्फ जागरुक हुनुपर्ने आवश्यक्ता औंल्याए ।
तत्कालीन समयमा राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिने बेला प्रधानमन्त्री थिए देउवा । २०६१ मा प्रत्यक्ष शासन ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई अक्षमको ट्याग लगाएर पदबाट हटाए ।
त्यतिबेला आफूले प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिन तयार छु भनेर ज्ञानेन्द्र शाहलाई भनेको तर उनले आफूलाई जेलमा कोचेको देउवाले स्मरण गरे ।
‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ’ देउवाले भने, ‘शासन व्यवस्था विरुद्ध नलाग्नुस्,’ उनले भने ।
प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा उनी सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए ऐतिहासिक सो जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा सिंहले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका उनको २०५४ असोज २ गते निधन भएको हो ।ेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले प्रगति गर्न नसक्ने साझा प्रकाशनलाई थप आर्थिक सहयोग गर्न नसक्ने स्पष्ट पारेकी छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit