
बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक अनावरण गर्ने विषयमा विवाद हुँदा सिन्धुलीमा निषेधाज्ञा जारी गरिएको छ । सिन्धुलीमाढीको बालउद्यान पार्कभित्रका रहेका यी सालिकको एमाले महासचिव ईश्वर पोखरेल पुगेका थिए ।
तर, नेकपा एमलो र गठबन्धनका दलहरुबीच विवाद र झडप हुने स्थिति देखिएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । प्रशासनले एक विज्ञप्ति जारी गर्दै बुधबार बिहान ११ बजेदेखि मध्यराति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाइएको जनाएको छ ।
निषेधाज्ञा सिन्धुलीमाढीस्थित बसपार्क क्षेत्र, स्टलबजार, जुनार चोक, सिन्धुली अस्पताल आसपासको क्षेत्रमा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए । निषेधाज्ञामा उक्त क्षेत्रमा जुलुस, धर्ना, आमसभालगायत शान्ति सुरक्षामा असर पुग्ने कुनै पनि किसिमका कार्यहरू गर्न पाइने छैन ।
पार्कभित्रको विपी र पुष्पलालको सालिक पोखरेलले गर्ने नगरपालिकाको निर्णयविरुद्ध सत्ता गठबन्धनका दलले विरोध गरेका हुन् । सर्वदलीय निर्णयबाट सालिक अनवारण गर्नुपर्ने उनीहरको माग छ ।
गठबन्धन दलले मंगलबार पार्कमा तालाबन्दीसमेत गरेका थिए । बुधबारको बैठकमा गठबन्धन र एमालेका नेता कार्यकर्ताबीच विवाद भएको थियो । विवाद बढेपछि सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit