Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

जगदम्बाले भित्र्यायो ड्युराम्याक्स, यस्तो छ मूल्य

नेपालको लागि टीभीएस थ्री ह्विलरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले थ्री ह्विलर मै पहिलो पटक सबैभन्दा दमदार पावर रहेको टीभीएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो  डीलर पार्टनरहरु माझ टीभीएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको हो ।

 

सार्वजनिक सवारी साधनको रुपमा संचालन गर्न योग्य यो थ्री ह्विलर सवारी साधन नेपालको लागि अत्यन्त उपयुक्त रहेको कम्पनीको दावी छ । बिक्री पश्चात नेपालमै सम्पूर्ण पार्ट पूर्जाहरु पाइने यो टीभीएस ड्युराम्याक्सको हालको बजार मूल्य ५ लाख ८९ हजार ९ सय कायम गरिएको कम्पनीले जनाएको छ ।

 

टीभीएस ड्युराम्याक्स प्लस थ्री ह्विलरको इन्जिन ४ स्ट्रोक र लिक्वीड कूल्ड प्रविधिको छ । सर्वाधिक शक्तिशाली २२५ सीसीको दमदार इन्जिन जडित यो थ्री ह्विलर इलेक्ट्रिक तथा हातको मद्दत दुवै प्रकारले स्टार्ट गर्न सकिन्छ । 

 

 

४७५० आरपीएममा ७.५ कि.वा.को अत्याधिक शक्ति प्रदान गर्ने र २२७५ आरपीएममा १८ एनएमको सबैभन्दा धेरै टर्क दिने क्षमता भएको हुँदा चलाउनलाई सजिलो हुनाको साथै सवार यात्रुहरुले समेत आरामदायक अनुभव गर्न सक्नेछन् ।

 

टीभीएस ड्युराम्याक्समा ९ वटा प्लस फिचर्स रहेको हुनाले ग्राहकको नं १ रोजाइमा पर्ने कम्पनीको दाबी छ र आगामी वर्ष २०२१–२०२२ सालमा नेपालको मार्केट सेयरको उच्च हिस्सा यसले ओगट्ने कम्पनीको दाबी छ । टीभीएस ड्युराम्याक्स प्लस थ्री ह्विलरकोे प्रति लिटर ३०+२ कीमी माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

 

जगदम्बा मोटर्सका डाइरेक्टर दीपककुमार अग्रवालले स्वदेशमै जीवनयापन गर्न चाहने नेपालीहरुका लागि पावरफूल २२५ सीसीको टीभीएस ड्युराम्याक्स प्लस थ्री ह्विलर भित्र्याएको बताए । प्रविधि, सुरक्षा, लागत तथा मर्मत सम्भार हर दृष्टिबाट अत्यन्त अनुकूल यो सवारी साधनका धनीहरुले आफ्नो लगानीको उचित फाइदा पाउन सहज हुने पनि उनको दावी छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै