
गृह मन्त्रालयले पछिल्लो समय छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण बढिरहेकाले स्थानीय तहको निर्वाचनमा स्वास्थ्य सावधानी अपनाउन आम नागरिकलाई आग्रह गरेको छ ।
मंगलबार न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले विदेशबाट स्थानीय तहको निर्वाचका लागि मतदान गर्न आउने नागरिकहरुले पनि स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर थप जोखिम हुनबाट बचाउन अनुरोध गरे ।
सरकारले कोरोनाको जोखिम कम गर्न सीमा नाकाहरुमा स्वास्थ्य मन्त्रालय र प्रदेश सरकारसँगको समन्वयमा हेल्थ डेस्कहरु राखिएको उनले बताए कोरोनाको जोखिम कम गर्न सरकारले स्वास्थ्य मन्त्रालयसँग समन्वय र छलफल गरिरहेको पनि उनको भनाइ छ।
त्यस्तै स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले स्थानीय निर्वाचनमा भीड बढ्ने भएकाले स्वास्थ्य सावधानी अपनाएर निर्वाचनमा सहभागी हुन अपिल गरे । सहप्रवक्ता अधिकारीले विदेशबाट आउने नागरिकहरुले ७ दिन अनिवार्य क्वारेन्टाइनमा
बस्न, मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र सम्पूर्ण जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए ।
सहप्रवक्ता अधिकारीले पछिल्लो समय संक्रमण पुष्टि हुने संख्या कम देखिएपनि संक्रमण फैलिन सक्ने जोखिम बढीरहेको भन्दै मास्क नलगाउने, कोरोनाको प्रोटोकल पालना नगर्ने र संक्रमण सकियो भन्ने खालको व्यवहार गर्न थालेकोले बढी जोखिम भएको बताए । उनले स्थानीय निर्वाचनबाट कोरोनाको संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गरेर सबै नागरिकहरु यसप्रति सजग भइ संवेदनशील व्यवहार गर्न पनि आग्रह गरे ।
गृह मन्त्रालयका प्रवक्ता पोखरेलले स्थानीय निर्वाचनका लागि सरकारी स्तरबाट विभिन्न श्रोत, साधनहरु परिचालित भइसकेको र स्वयं मतदाताहरुको भुमिका पनि महत्वपूर्ण हुने भएकोले संयमित भएर मतदान गर्न आग्रह गरेसरकारले एकीकृत सुरक्षा योजना अन्तर्गत सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई निर्वाचनमा केन्द्रित गरेर सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिइसकेको उनको भनाइ छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit