
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको ऐन र नियममा छिद्रा खोजेर आफू खुसी काम नगर्न बैंकहरुलाई सचेत गराएका छन् ।
मंगलवार काठमाण्डौमा नेपाल बैंक र संघको अधिवेशनमा बोल्दै गर्भनर अधिकारीले राष्ट्र बैंकको ऐन र नियममा छिद्र खोजेर तथा गलत व्याख्या गरेर उपभोक्ता र सरोकारवालाको अपेच्छालाई नजर अन्दाज गरी आफू खुसी काम नर्गन बैंक तथा वित्तिय संस्थाहरुलाई आग्रह गरेका छन् ।
उनले बैंकहरुले बजार र उपभोक्तालाई हेरेर काम गर्नुपर्नेमा जोड दिएका छन् । उनले बैंकहरुले त्यसरी काम गरे वित्तिय प्रणालीमा जोखिम थपिने भएकाले बैंकहरुलाई सजग पनि गराएका छन् ।
उनले बैंकहरुको अस्वस्थ प्रतिस्पर्धाको कारण नै राष्ट्र बैंकले बाध्य भएर हस्तक्षेप गर्नुपरेको उल्लेख गर्दै हस्तक्षेप गर्ने अवस्था आउन नदिने गरी काम गर्न समेत आग्रह गरेका छन् ।
उनले बैकिङ प्रणाली चुस्त बनाउन बैंकले सहयोग गर्नुपर्ने बताउँदै बैंकहरु प्रतिस्पर्धाबाटै चल्नुपर्नेमा प्रतिस्पर्धाको नाममा अस्वस्थ प्रतिस्पर्धा भएको बताएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit