Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

मोतिपुर घटनाका मृतक परिवारलाई सरकारले राहत दिने 

सरकारले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । 

 

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले मोतिपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । मंगलबार मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको पनि बताए । 

 

उनले कुस्मामा ४ सय केबी सब स्टेशन र जुम्ला सब स्टेशनका लागि जग्गा प्राप्ति गर्न स्वीकृत दिने र नेपाल कृषि तथा वन सेवा समूह समूहीकरण तर्फ राजपत्राङ्कित विशिष्ठ श्रेणीको पदमा श्री निरु दाहाल पाण्डेलाई बढ्वा गर्ने निर्णयको जानकारी गराए ।

 

उनले कीर्तिपुर नगरपालिका र चीनको वाइ प्रोभिन्स स्थित हु ह्याङ शहरबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृति दिने निर्णय, लोकसेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणीका पदमा नियुक्त गर्ने, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को जेनेभामा सञ्चालन हुने स्पेशल सेसन अफ द वल्र्ड हेल्थ एसेम्ली, डब्ल्यूएचए ७४(१६) कार्यक्रममा सहभागी हुन स्विकृति दिने निर्णय समेत गरेको बताए ।

 

‘हालसालै बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गर्ने, मोतिपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत उपलब्ध गराउने, कुस्मामा ४ सय केबी सब स्टेशन र जुम्ला सब स्टेशनका लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने, नेपाल कृषि तथा वन सेवा समूह समूहीकरण तर्फ राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा श्री निरु दाहाल पाण्डेलाई बढ्वा गर्ने, कीर्तिपुर नगरपालिका र चीनको वाइ प्रोभिन्स स्थित हु ह्याङ शहरबीच भगिनी सम्बन्ध कायम गर्न स्विकृती दिने, लोकसेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणीका पदमा नियुक्त गर्ने, विश्व स्वास्थ्य संगठनको जेनेभामा सञ्चालन हुने स्पेशल सेसन अफ द वल्र्ड हेल्थ एसेम्ब्ली, डब्ल्यूएचए ७४(१६) कार्यक्रममा सहभागी हुन स्विकृत दिने निर्णय गरेको छ’ उनले भने ।

 

उनले खोप लगाउन योग्य बालबालिकादेखि वृद्धसम्म सबैलाई खोप लगाउने सरकारको नीति रहेको बताए ।
 

प्रतिक्रिया

110
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै