
नेकपा एमालेमा रहेको अन्तरकलह मिलाउन गठित कार्यदलले सहमति भएको बताएको छ ।
बिगत केही दिनयता निरन्तर बसेको कार्यदलको बैठकले एकताको बुँदाहरुमा सहमति बनाएको हो । कार्यदलको बैठक शुक्रबार दिनभरी अर्थ मन्त्रालयमा बसेको थियो ।
वैठकपछि बाहिरिएका कार्यदलका सदस्यद्वय प्रदीप ज्ञवाली र गोकर्ण बिष्टले पार्टीमा एकता कायम गर्ने विषयमा सहमतिको निष्कर्ष निकालेको जानकारी दिए ।
सहमति भएको विषयमा भाषा मिलाएर शनिबारको बैठकबाट सार्वजनिक गरिने पनि बताए । जेठ २ गते गठन भएको कार्यदलले गएको सोमबारदेखि छलफल शुरु गरेको थियो ।
भोलि बस्ने कार्यदलको बैठकमा सहमतिको खाका बनाइ भोलि नै शीर्ष नेतालाई बुझाउने कार्यदलको तयारी छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit