Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

भारतमा एकैदिन ४१ प्रतिशत बढ्यो कोरोना संक्रमण, सात हजारभन्दा बढी नयाँ सङ्क्रमित

भारतमा बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधिमा थप सात हजार २४० कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बताएको छ । 

 

 

सोमबाार तुलना मङ्गलबार कोरोना सङ्क्रमण ४१ प्रतिशतले वृद्धि भएको हो । गत मङ्गलबारबाट महाराष्ट्र राज्यमा कोरोना सङ्क्रमण वृद्धि दर बढेको पाइएको छ । बुधबार साँझसम्म महाराष्ट्रमा दैनिक सङ्क्रमण दुई हजार ७०१ जनामा देखिएको थियो ।    

 


  
हाल भारतमा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या ३२ हजार ८९८ छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या भारतमा हालसम्म भएका कोरोना सङ्क्रमितको ०.०८ प्रतिशत भएको जनाइएको छ । 

 

 

बुधबार मध्यरातिसम्म अर्थात् २४ घण्टाको समयावधिमा तीन हजार ३९१ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख ४० हजार ३०१ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७१ प्रतिशत छ । 

 

 

भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड ३८ लाख परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९४ करोड ५९ लाख ८१ हजार ६९१ हजार खोप लगाइएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै