Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

समूह नै लिएर प्रहरी चौकीभित्रै प्रहरीमाथि आक्रमण, ५ जना पक्राउ

सुनसरीको धरान उपमहानगरपालिका-१५ नयाँ बसपार्कमा रहेको अस्थायी प्रहरी चौकीभित्रै प्रहरीमाथि आक्रमण गर्ने ५ जनालाई प्रहरी गरिएको छ ।

 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-५ बस्ने २४ वर्षीय विक्रम राई, सोही उपमहानगरपालिका-३ बस्ने २७ वर्षीय सिजन राई, सोही उपमहानगरपालिका-४ बस्ने २६ वर्षीय कालु भन्ने सरोज लिम्बु, सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय बसन्त राई र सोही उपमहानगरपालिका-१५ बस्ने ३२ वर्षीय रेगन लिम्बु रहेका छन् ।

 

उनीहरु जेठ १३ गते १० जनाको समूहसहित उनीहरुले प्रहरी चौकीभित्रै प्रहरीमाथि आक्रमण गरि फरार थिए । खोजी गर्न क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले मोरङ, तेह्रथुम र धनकुटाका प्रहरी कार्यालय र १ नम्बर प्रदेश प्रहरी व्यूरो समेतको सहयोग लिएको थियो । 

 

उनीहरुमध्ये विक्रम, सिजन र सरोजलाई धरान उपमहानगरपालिका-५ देउरालीबाट जेठ १८ गते तथा बसन्त र रेगनलाई धनकुटा छथर पोखरी-४ बन्चरेबाट सोमबार पक्राउ गरिएको हो ।

 

उनीहरु उपर जिल्ला अदालत सुनसरीमा ज्यान सम्वन्धी कसूर अन्तर्गत मुद्दा दर्ता भई थप अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै