Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

प्रहरी प्रवक्तामा डीआईजी आचार्य 

प्रहरी महानिरीक्षकको सचिवालयले तत्कालका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) मुकुन्दराज आचार्यलाई केन्द्रीय प्रवक्तामा बनाएको छ । 

 

लुम्बिनी प्रदेश प्रहरी प्रमुख रहेका आचार्यको लागूऔषध नियन्त्रण ब्यूरोमा सरुवा भएको थियो । तर उनी आफुलाई अपमानित गरेको भन्दै प्रहरी प्रधान कार्यालयमै हाजिर हुँदै आएका थिए । 

 

प्रहरीका प्रवक्ता पछिल्लो समय वरिष्ठ उपरीक्षक (एसएसपी)  रहँदै आएका थिए । यसअघिका प्रवक्ता एसएसपी वषन्तबहादुर कुँवरले बुधबार सरुवा भएको महानगरीय अपराध महाशाखाका लागि रवाना बुझेपछि प्रवक्ता पद रिक्त थियो । 


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै