Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

नीति निर्माण तहमा महिलाको सहभागिता बढाउन जोड 

भारतीय राजदूतावास काठमाडौं अन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रसँगको सहकार्यमा सम्पर्क (भारत–नेपाल एलम्नाई सञ्जाल) ले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौंस्थित ¥याडिसन होटलमा एक गोलमेच छलफलको आयोजना गरेको छ । 

 


‘महिलाको राजनीतिक सहभागिताः चुनौति र समाधानका बाटाहरु’ विषायक छलफलमा नेपालका राजनीतिक नेतृहरु सांसद डा आरजु राणा देउवा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री  रेणु कुमारी यादव, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, सांसदहरु डा बिन्दा पाण्डे र पुष्पा भुषालको सहभागीता थियो । प्राध्यापक श्रीमती इला शर्माले छलफलको सहजकर्ताको भुमिका निभएकी थिइन् । 

 

छलफलका वक्ताहरुले राजनीतिक वृत्तमा महिलाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै महिला हकलाई उजागर गर्न गर्नुपर्ने प्रयासबारे चर्चा गरेका थिए । 


छलफलका वक्ताहरुले वर्तमान समयमा महिला नेतृत्वको खाँचो भइसकेकाले नीति निर्माणको क्षेत्रमा महिलाको प्रतिनिधित्व एवम् सहभागितालाई थप विस्तार तथा सुनिश्चित गर्न महिला सम्बन्धि कानुनी प्रावधानको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै