
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त हुनुभएका प्राध्यापक श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपतिको कार्यालयमा बुधबार अपराह्न भएको विशेष समारोहमा उनले राष्ट्राध्यक्षसमक्ष शपथ लिएका हुन् ।
त्यस अवसरमा पराराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit