Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

नेप्सेमा दोहोरो अंकले गिरावट, यी कम्पनीको शेयरमूल्यमा वृद्धि

शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि गिरावट आएको छ ।  

 

 

मंगलबार १६.३० अंकले गिरावट आएको नेप्से परिसूचक बुधबार पनि सोही गतिमा गिरावट भएर निरन्तरता पाएको छ । बुधबार नेप्से परिसूचक २२.११ अंक घटेर २ हजार ८१३.४७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.५१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंकले गिरावट आएको छ । 

 

 

आज कारोबारमा आएका २२३ कम्पनीको ६५ लाख २० हजार कित्ता शेयर ३ अर्ब ४७ करोड ११ लाख ९ हजार रुपैयाँको खरिदबिक्री भएको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको हो । मंगलबार ६ अर्ब रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो ।

 

 

बुधबार १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । जसमध्ये वित्त, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ भने अन्य उपसमूहको सूचक शुन्य प्रतिशत भन्दामाथिले घटेको नेप्सेले जनाएको छ  ।

 

 

आज नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आए पनि लिबर्टी इनर्जी र आरम्भ चौतारी लघुवित्तको शेयरमूल्य बढेको छ । तर यता बुद्धभूमि नेपाल हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक र विन नेपाल लघुवित्तको शेयरमूल्य घटेको छ । 

 

 

कारोबार रकमका आधारमा १८ करोड ६१ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार गरेर अरुण भ्याली हाइड्रोपावर पहिलो स्थानमा रहेको छ । नेपाल टेलिकम, नेशनल हाइड्रोपावरको १४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै