Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

आफ्नै श्रीमतीलाई भारतीय बेश्यालयमा बेच्न खोज्ने आरोपी २१ वर्षपछि पक्राउ 

प्रहरीले आफ्नै श्रीमतीलाई भारतको बेश्यालयमा बेच्न खोज्ने आरोपीलाई घटनाको २१ वर्षपछि पक्राउ गरेको छ । 

 

जिल्ला प्रहरी कार्यालय झापाले जिउ मास्ने बेच्ने अभियोगका आरोपी धिरज प्रधानलाई मोरङको पथरीबाट पक्राउ गरेको हो । उनी शनिश्चरेमा प्रधान फोटो स्टुडियो संचलन गरेर बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । 

 

प्रहरीका अनुसार प्रधानले २९ कात्तिक २०५६ मा झापा खजुरगाछीकी एक महिलालाई दमकस्थित मन्दिरमा विवाह गरेका थिए । उनले ती युवतीलाई विवाहको करिब साढे दुई महिनापछि इटहरी ल्याएर त्यहाँबाट काकडभिट्टा हुँदै भारतको सिलिगुढीमा बेच्ने योजना बनाएका थिए । 


प्रधानको योजनाका बिषयमा जानकारी पाएपछि ती युवती भागेर प्रहरीसम्म पुगेकी थिइन् । 

 

उनी बिरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धन भइरहेको झापा प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

महानिरीक्षक शैलेश थापा क्षेत्रीले ‘कोर’ टिमलाई विशेष निर्देशन दिँदै 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अहिले केही बेरमा प्रहरी वरिष्ठ उपरिक्षक सहित डीआइजी र एआइजीहरुलाई विशेष सम्बोधन गर्दैछन् । 

फाल्गुण ८, २०७७