
नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य मीनेन्द्र रिजाल रक्षामन्त्री बन्ने भएका छन् । कांग्रेसले आफूले पाउने कोटाअनुसार रिजालसँगै चार जना नयाँ मन्त्रीको नामावली टुंगाएको हो ।
मन्त्री बन्ने अन्य नेतामा दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी र उमाकान्त चौधरी रहेको कांग्रेस स्रोतले जनाएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा रेग्मी र चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
स्रोतका अनुसार हाल कानुनमन्त्री रहेका ज्ञानेन्द्र कार्कीको भने जिम्मेवारी फेरिने भएको छ । उनलाई सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिइनेछ भने कानुनमन्त्री बडु बन्ने भएका छन् ।
यसअघि नै कांग्रेसको तर्फबाट गृहमन्त्रीमा बालकृष्ण खाण, कानुनमन्त्रीमा कार्की, परराष्ट्र मन्त्रीमा नारायण खड्का र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरिएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको करिब ३ महिनापछि आज मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । सत्ता गठबन्धन दलहरुले आफ्नो पार्टीबाट मन्त्री बन्नेको नाम टुंग्याई प्रधानमन्त्री निवास बालुवाटारमा बुझाइसकेका छन् ।
कसलाई कुन मन्त्रालय ?
कांग्रेसबाट
गृह मन्त्रालय– बालकृष्ण खाँण
परराष्ट्र मन्त्रालय –नारायण खड्का
सञ्चार, सूचना तथा प्रविधि– ज्ञानेन्द्रबहादुर कार्की
कानुन न्याय तथा संसदीय मामिला– दिलेन्द्र बडु
महिला बालबालिका तथा ज्येष्ठ नागरिक– उमा रेग्मी
रक्षा मन्त्रालय – मिनेन्द्र रिजाल
खानेपानी मन्त्रालय – उमाकान्त चौधरी
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय – गजेन्द्र हमाल
जसपाबाट
भौतिक पूर्वाधार तथा यातायात – रेणु यादव
संघीय मामिला तथा सामान्य प्रशासन– राजेन्द्र श्रेष्ठ
वन तथा वातावरण– रामसहाय यादव
कृषि तथा पशुपन्छी विकास– महिन्द्र राय यादव
एकिकृत समाजवादीबाट
संस्कृति पर्यटन तथा नागरिक उड्डयन– प्रेम आले
श्रम रोजगार तथा सामाजिक सुरक्षा– कृष्णकुमार श्रेष्ठ (किसान)
सहरी विकास मन्त्रालय– रामकुमारी झाँक्री
स्वास्थ्य तथा जनसंख्या– विरोध खतिवडा
स्वास्थ्य राज्यमन्त्री – भवानीप्रसाद खापुङ
माओवादी केन्द्रबाट
अर्थ मन्त्रालय – जनार्दन शर्मा
शिक्षा विज्ञान तथा प्रविधि– देवेन्द्र पौडेल
ऊर्जा मन्त्रालय – पम्फा भुसाल
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण– शशि श्रेष्ठ
युवा तथा खेलकुद मन्त्रालय– महेश्वर गहतराज
संघीय संसद प्रतिनिधि सभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा बोल्दै उद्योग मन्त्री भट्टले ट्विटरमा किसानलाई न्याय दिनुपर्छ भनेर लेख्ने नेता...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit