Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सबैतिर तालमेल गरेर जाने निर्णय भयोः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताएका छन् ।

 

सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले  शुक्रबार बसेको सत्तारूढ गठबन्धनको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको बताएका हुन् । 

 


उनले भने, ‘मुख्य रुपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ । सबैतिर तालमेल गरेर नै जाने भन्ने कुरा भयो ।” 

 


अर्को एक फरक प्रसङ्गमा उनले भरतपुर महानगरको नेतृत्वका बारेमा छलफल नभएको बताएका छन्। उनले भने , “छलफलबाट निकास निकाल्छौँ । केही समस्या छैन ।”

प्रतिक्रिया

सम्बन्धित समाचार सबै