Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

झडप र तोडफोडले मधेशमा राष्ट्रिय सभा निर्वाचन प्रभावित

मतदानको समय दिउँसो ३ बजेसम्म तोकिएको राष्ट्रिय सभाको निर्वाचन सातवटै प्रदेशमा जारी रहेको छ । वाग्मती प्रदेश बाहेक ६ वटा प्रदेशको निर्वाचन ९ बजेदेखि नै सुुरु भएको थियो । 

 

 

१९ सिटका लागि भइरहेको निर्वाचनमा ६ प्रदेशको अवस्था सामान्य रहेको छ भने मधेश प्रदेशमा पटक पटक झडप भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार झडप भए पनि मतदान रोकिएको अवस्था छैन ।  

 

 

मधेश प्रदेशको राजधानीमा सिके राउ नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच पटक–पटक झडप भएको छ । किसानका मुद्दा उठाउँदै मधेश प्रदेशका विभिन्न जिल्लामा आन्दोलन गर्दै आएका जनमत पार्टीका कार्यकर्ताहरुले आज पनि आन्दोलन गर्दै निर्वाचन स्थलमा प्रवेश गर्न खोजेको आयोगले जनाएको हो । सोही क्रममा प्रहरीले लाठी चार्ज र अश्रग्यास पनि प्रहार गरेको थियो । 

 

 

आक्रोशित जनमत पार्टीका कार्यकर्ताहरुले प्रदेश सभा सदस्य मनिष सुमन र सर्लाहीको हरिवन नगरपालिकाका मेयर र उपमेयर सवार गाडी तोडफोड गरेको पनि आयोगले जानकारी दिएको छ । सोही क्रममा मनिष सुमन र मेयर गणेश प्रसाई सामान्य घाइते भएको आयोगले जनाएको छ । त्यस्तै, धनुषाको चारनाथ नगरपालिकाकी उपमेयर मीना यादव सवार गाडीमा तोडफोड हुँदा गाडी चालक लक्ष्मीकुमार यादव घाइते भएका छन् ।

 

 

वाग्मती प्रदेशको निर्वाचनमा माओवादी केन्द्रकी समानुपातिक सांसद हिमाली गोलेले आफूले मतदान गरेको तस्बिर खिचेपछि केहीबेर तनावको स्थिति उत्पन्न भएको थियो । निर्वाचन आयोगका पदाधिकारीले तस्बिर नखिच्न र खिचेको तस्बिर हटाउन आग्रह गरेपछि भनाभन भएको थियो । 

 

 

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले श्रेष्ठले आफूले बनाएको कानून आफैंले उल्लंघन नगर्न भनेका थिए भने प्रदेशसभा सदस्यहरुले अपराध गरेजस्तो व्यवहार गरेको भन्दै भनाभन भएको थियो । 

 

 

वाग्मती प्रदेशमा मतदान तोकिएको समयभन्दा ४० मिनेट ढिला सुरु भएको थियो । विवादले मतदान रोकिए पनि केही समयमा नै मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको थियो । अन्य प्रदेशहरुमा निर्वाचन शान्तिपूर्ण तरिकाले चलिरहेको निर्वाचन आयोगले जनाएको छ ।

 

 

सातै प्रदेशको कूल मतदाता २०२५ जना रहेका छन । जस अनुसार प्रदेश १ मा प्रदेशसभा सदस्य ९२ जना र स्थानीय तहको २७२ जना सदस्यहरुले राष्ट्रियसभा निर्वाचनमा मतदान गर्नेछन । मधेश प्रदेशमा १०४ जना प्रदेश सदस्य र स्थानीय तहको २६८ जनागरी ३७२ जना मतदाता रहेका छन ।

 

वाग्मती प्रदेशमा ३४६ जना, गण्डकी प्रदेशमा २२९ जना, २९६ जना लुम्विनी प्रदेशमा, कर्णाली प्रदेशमा १९१ जना र सुदूरपश्चिम प्रदेशमा २२७ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

1
  • Qevxnk

    फाल्गुण ३, २०७८

    tadalafil india - tadalafil 5mg cost cialis coupon cvs

प्रतिकृया थप्नुहोस्
  • Qevxnk

    फाल्गुण ३, २०७८

    tadalafil india - tadalafil 5mg cost cialis coupon cvs

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै