Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

अमेरिकी सर्वोच्च अदालतमा पहिलोपटक अश्वेत महिला न्यायाधीश

अमेरिकाको सर्वोच्च अदालतमा कन्टाजी ब्राउन ज्याक्सन न्यायाधीश बन्ने पहिलो अश्वेत महिला बनेकी छिन् ।

 

अमेरिकी सिनेटले  शुक्रबार ज्याक्सनको नाम न्यायाधीशमा अनुमोदन गरेपछि सर्वोच्च अदालतको २३३ वर्षको इतिहासमा पहिलो अश्वेत महिला न्यायाधीशका रूपमा ज्याक्सनले नाम लेखाउन सफल भएकी हुन् । 

 

सर्वोच्च अदालतको नौ सदस्यीय बेन्चमा एक मात्र अश्वेत महिलाका रूपमा ज्याक्सन देखिनेछिन् ।

 

राष्ट्रपति जो बाइडेनले आफ्नो चुनावी अभियानको क्रममा सर्वोच्च अदालतमा अश्वेत महिला न्यायाधीश नियुक्त गर्ने वाचा गरे अनुसार ज्याक्सनलाई न्यायाधीशमा सिफारिस गरेका हुन् ।  

 


तीन रिपब्लिकन सिनेटरले आफ्नो पार्टीगत ‘लाइन क्रस’ गरेर न्यायाधीश ज्याक्सनको पक्षमा मतदान गरेपछि उनको नाम अनुमोदन भएको हो ।

 

सिनेटमा मतदानको अध्यक्षता पनि पहिलो अश्वेत महिला उपराष्ट्रपति कमला ह्यारिसले गरेकी थिइन् ।

 

५१ वर्षीया ज्याक्सनले हावर्ड विश्व विद्यालयबाट दुई विषयमा डिग्री हासिल गरेकी छिन् ।  सर्वोच्च अदालतमा छ जना कन्जरभेटिभ न्यायाधीश छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै