
गत वर्ष अमेरिकाको मिनियापोलिस सडकमा अश्वेत जर्ज फ्लोडको घाँटी दबाएर हत्या गर्ने पूर्वप्रहरी अधिकारी डेरेक चौविनर्लाइ साढे २२ वर्षको सजाय सुनाइएको छ ।
मिनेसोटा कानून अन्तरगत उनले आफ्नो दुई तिहाइ सजाय भोग्नुपर्ने छ । अर्थात उनलाई १५ वर्ष जेलमा बस्नुपर्ने छ । बाँकी रहेको ७ वर्ष उनी रेखदेखका लागि योग्य हुनेछन् ।
उनले गत वर्ष अप्रिलमा सडकमा नियन्त्रणमा लिएर फ्लोडको घाँटी खुट्टाले थिचेपछि सोहीकारण उनको निधन भएको थियो । उक्त भिडियो एक १७ वर्षे बालकले खिचेपछि त्यसको सर्वत्र विरोध भएको थियो ।
२२ पृष्ठ लामो फैसलामा न्यायाधीशले चौविनले विश्वास र अख्तियारको दुरुपयोग गरेका कारण कठोर सजायको भागिदार हुनुपरेको जिकिर गरेका छन्।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit