Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

रुसलाई राष्ट्रसंघको मानव अधिकार परिषदबाट हटाइयो 

रुसलाई संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट निलम्बन गरिएको छ ।

 

राष्ट्रसंघीय महासभामा बिहीबार भएको मतदानमा सहभागी  दुई तिहाइ सदस्यले रुसलाई परिषदबाट हटाउनुपर्ने पक्षमा मतदान गरेका थिए । 

 

 

रुसले युक्रेनमाथि आक्रमण गरेर मानवअधिकार उलङ्घन गरेकाले मानवअधिकार परिषदमा बस्न दिन नहुने भन्दै अमेरिकाले राष्ट्रसंघमा प्रस्ताव लगेको थियो ।  

 


सोही प्रस्तावको पक्षमा ९३ मत परेको हो । विपक्षमा भने २४ मत परेको थियो । ५८ देश मतदानमा सहभागी भएनन् । 

 


रुसलाई मानव अधिकार परिषद बाट हटाएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले खुसी व्यक्त गरेका छन् । उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक्ल्याउनुपर्नेमा जोड दिए । 

 


परिषदबाट रुसलाई हटाउनु अन्तर्राष्ट्रियरुपमा अर्थपूर्ण घटना भएको पनि बाइडेनले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै