
रुसले सन् २०२१ मा आफ्नो राष्ट्रिय हितका साथै देश र नागरिकहरूको सुरक्षाको दृढतापूर्वक र निरन्तर रक्षा गरेको राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आफ्नो २०२२ नयाँ वर्षको सम्बोधनमा उल्लेख गरेका छन् ।
‘हामीले ठूला चुनौतीहरूको सामना गर्यौं र जटिल समस्याहरू समाधान गर्न यस्तो कठोर परिस्थितिमा बाँच्न सिक्यौं । हामी हाम्रो एकताका कारण यो गर्न सक्षम भयौं’ उनले भने ।
‘सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि हामीले विगत वर्षका सबै कठिनाइहरू सँगै पार गर्यौं अझै धेरै नसुल्झेका समस्याहरू छन् त्यसलाई सुल्झाउँनु पर्नेछ’ उनले भने ।
नयाँ वर्ष मनाउऊदै गर्दा यसले नयाँ अवसरहरू खोल्नेछ । त्यसलाई परिणाममा बदल्नका निम्ति हाम्रै सुझबुझ महत्त्वपूर्ण हुने पुटिनले बताएका छन् । सम्बोधन मन्तव्यमा राष्ट्रपतिले कोभिड–१९ महामारीमा आफ्ना प्रियजन गुमाएकाहरुप्रति समवेदना पनि व्यक्त गरेका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit