Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

आउने निर्वाचनमा गठबन्धन हुँदैन : शेखर कोइराला

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आउने निर्वाचनमा कांग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताएका छन् ।

 

 

आज सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले अब हुने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग कांग्रेसको गठबन्धन नहुने स्पष्ट पारेका छन् ।

 

 

‘अब कांग्रेस एक्लै चुनाव लड्छ । कांग्रेसका नेता तथा कार्यकर्ताले अबको निर्वाचनमा आफ्नै पार्टीको चुनाव चिन्ह रुखबाहेक अन्य चिन्हमा मत नहाल्ने आशय व्यक्त गरिसकेको छ । त्यसैले आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लडेर पनि बहुमत ल्याउँछ’ उनले भने ।

 

 

उनले आउने निर्वाचनमा १५ देखि २० लाख मानिसलाई पार्टीमा आबद्ध गराउन सक्यौँ भने निर्वाचन जित्नेमा कुनै दुविधा नरहेको बताएका छन् । पार्टीका सभापति तथा प्रधानमन्त्रीले आफूखुसी गर्नखोजे पार्टीले चुनावमा हारको सामना गर्नुपर्ने अवस्था आउनसक्ने उनले बताएका छन् । उनले सभापतिले म सबैको हुँ भने पनि विश्वासको वातावरण बनिनसकेको दाबी गरेका छन् । 

 

 

‘सभापतिले म सबैको सभापति हुँ भन्नुभएको छ, त्यो देखाउनु प-यो । देखिने गरी हुनुप-यो, न्यायसङ्गत हुनुप-यो’ उनले भने ।

 

 

आम नेपाली जनतामा एमसीसीका बारे फैलिएको त्रास चिर्न संसद्मार्फत छलफल गरेर जे हुन्छ जानकारी दिनु आवश्यक रहेको बताउँदै उनले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तब्यस्त रहेको उल्लेख गरेका छन् । उनले अवरुद्ध संसद् सञ्चालन गर्नतर्फ कांग्रेस र एमाले दुवै लाग्नुपर्नेमा जोड दिएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै