
बाँकेमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।
ज्यान जानेमा बाँकेको राप्ती सोनारी गाउँपालिका ६ हवल्दारपुरकी ३२ वर्षीया चाँदनी थारु रहेकी छन् । उनको ज्यान पाटे बाघको आक्रमणले गएको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार माघीको लागि पात टिप्न राष्ट्रिय निकुञ्जको नजिकै रहेको सामुदायिक वनमा गएको बेला उनलाई बाघले आक्रमण गरेको हो । आक्रमणसँगै उनको ज्यान गएको प्रहरी जनाएको छ ।
प्रहरीको अनुसार वनमा पात टिप्नका लागि ६ जनाको समूह बनाएर गएका थिए । अन्य मानिसहरु भागेर ज्यान जोगाउन सफल भएको पनि प्रहरीले बताएको छ ।
२ दिन अगाडिमात्रै राप्ती सोनारी ४ की ५३ वर्षीया एक महिलाको बाघको आक्रमणले ज्यान गएको थियो । उनको शव बाघबाट छुटाउनका लागि प्रहरी फायर गरेको समेत प्रहरीले जानकारी दिएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit