Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सेनाका खेलाडीले जिते १० स्वर्ण, १२ रजत र ११ कास्य पदक

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खेलाडीहरुले विभिन्न स्थानमा सञ्चालन भएका प्रतियोगिताहरुमा सहभागी भई १० स्वर्ण, १२ रजत र ११ कास्य पदक जितेका छन् । 

 

नेपाल कराते महासंघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ र जिल्ला प्रमुख डोजो ललितपुर लगनखेलको संयुक्त आयोजनामा २४ चैतदेखि २६ सम्म ललितपुरमा सञ्चालित ‘प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता’ मा सेनाले स्वर्ण पदक ४, रजत पदक ५ र कास्य पदक ३ वटा जित्न सफल भएको छ ।

 

यस्तै, थाईल्याण्डको बैंककमा १८ चैतदेखि २७ सम्म सञ्चालन भएको  ‘थाइल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ्ग च्याम्पियनसिप’ मा कास्य पदक जितेको छ । 

 

नाम्ची जिल्ला प्रशासन कार्यालय, सिक्किम, भारतको आयोजनामा २६ चैतदेखि सञ्चालित प्रतियोगितामा स्वर्ण पदक–१, रजत पदक–२ र कास्य पदक–१ जित्न सफल भएको छ ।

 

नेपाल खोःखोः संघको आयोजनामा २४ चैतदेखि २६ सम्म कीर्तिपुरमा सञ्चालित ‘सातौं राष्ट्रिय पुरुष खोःखोः प्रतियोगिता’ मा पहिलो स्थान हासिल गरेको छ । 

 

बेलका नगरपालिका, नेपाल ह्याण्डबल संघ र जिल्ला ह्याण्डबलको आयोजनामा २१ चैतदेखि २४ सम्म उदयपुरमा सञ्चालित ‘खुल्ला मेयर कप राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगिता’मा पहिलो स्थान प्राप्त गरेको छ ।

 

राष्ट्रिय जागृति क्लबको आयोजनामा १९ चैतदेखि २६ सम्म सुनसरीको इटहरीमा सञ्चालित ‘अन्तराष्ट्रिय आमन्त्रण ईटहरी गोल्डकप फुटबल प्रतियोगिता–२०७८’ मा द्वितीय स्थान हासिल गरेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै