Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

ओलीको पार्टी एकता प्रस्ताव मान्य भएन नेपाललाई, यस्तो कदम चाल्दै

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति गरेको पार्टी एकताको अपिल नेता माधवकुमार नेपाल पक्षले मान्य नभएको जनाएको छ । अध्यक्ष ओलीबाट इमानदारीपूर्वक पार्टी एकताको प्रस्ताव नआएको उक्त पक्षको निष्कर्ष छ । 

 

नेपाल पक्षको स्थायी कमिटीको बैठकले उक्त निष्कर्ष निकालेको हो । स्थानीय कमिटी सदस्य वेदुराम भुसालले ओलीले राखेका बुँदा स्वीकार गर्न नसकिने जनाए । ‘हामीले पहिला राखेका ६ बुँदा अनुसार प्रस्ताव आउनुपर्छ भन्ने निष्कर्ष हो,’ उनले भने ।

 

प्रधानमन्त्री ओलीले पार्टीलाई ३ जेठ २०७५ कै संरचना फर्काउने घोषणा गरेका छन् । ओलीले आइतबार छ बुँदे प्रस्तावसहित सबैलाई पार्टी एकतामा आउन आह्वान गरेका हुन् ।

 

उनले नेकपा (माओवादी केन्द्र) सँगको एकतापछि निर्मित तत्कालीन नेकपाको केन्द्रीय कमिटीमा रहेका र हाल एमालेमा आएका नेतासहित केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरु क्रियाशील हुने जनाएका छन् ।

 

प्रधानमन्त्रीको अपिलपछि नेता नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर छलफल पनि गरेका थिए । नेता नेपाल प्रधानमन्त्री ओलीको अपिल फेरि आफूहरुलाई झुक्याउने खेल भएकाले वैकल्पिक बाटो तय गर्नुपर्ने मनस्थितिमा छन् । 

 

नेपालले यसअघि २६ वैशाखमा ओलीलाई पत्र पठाउँदै ६ बुँदे प्रस्ताव राखेका थिए । त्यसमा २ जेठ २०७५ अगाडिकै अवस्थामा पार्टी सञ्चालन गरिनुपर्ने, २८ फागुनयता भएका सबै निर्णय रद्द गर्नुपर्ने जनाएका थिए । 

 

त्यस्तै, पार्टी विधि, विधान र पद्धति अनुरुप चल्नुपर्ने, एकअर्कामा लगाइएको आरोपहरुबारे आगामी दिनमा समीक्षा गरी निर्णय लिनुपर्ने, सरकार र पार्टीबीचको सम्बन्ध सुमधुर बनाउने र पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउने अनि यथा समयमा राष्ट्रिय महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

 

अब ओलीको ६ बुँदे प्स्तावको लिखित रुपमा जवाफ फर्काउने गरी वक्तव्य जारी गर्ने तयारी गरिएको नेता भुसालले बताए । ‘बुँदाबुँदामा खण्डन गर्ने गरी लिखित जवाफ दिन्छौं,’ उनले भने ।
 

प्रतिक्रिया

1
  • Zyjwaq

    फाल्गुण ४, २०७८

    order cialis 5mg online - cost cialis 20mg buy tadalafil tablets

प्रतिकृया थप्नुहोस्
  • Zyjwaq

    फाल्गुण ४, २०७८

    order cialis 5mg online - cost cialis 20mg buy tadalafil tablets

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै