Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

४६ म्यादी प्रहरीको जागिर चट् 

आचरणविपरीतको गतिविधि गरेको आरोपमा ४६ जना म्यादी प्रहरी कारबाहीमा परेका छन् । उनीहरु सेवाबाटै बर्खास्तमा परेको नेपाल प्रहरीले बताएको छ । 

 


नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले कारबाहीमा परेकाहरुले माद्यक पदार्थ सेवन गर्ने, अरुलाई दुर्व्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँमा नजाने, समयमा ड्युटीमा नआउने, अनावश्यक टिकाटिप्पणी गर्दै हिँड्ने र कुटपिट गर्ने काम गरेको बताए । 

 

 

कारबाहीमा परेकामध्ये एकजना भने बलात्कार आरोपमा प्रहरी हिरासतमा छन्। उनी काठमाडौंमा उपत्यकामा खटिएका थिए । 

 

 

केसीका अनुसार म्यादी प्रहरीले पनि ४० दिनसम्म नेपाल प्रहरीले जसरी ‘व्यावसायिक आचरण’ पालना गर्नुपर्छ। तर, ४६ जनाबाट भने गैरव्यावसायिक आचरण प्रदर्शन भएको र उनीलाई कारबाही गरिएको केसी बताउँछन् । 

 

 

सरकारले निर्वाचन प्रयोजनका लागि एक लाख म्यादी प्रहरी भर्ना गरेको छ । उनीहरू ४० दिनसम्म खटिनुपर्छ । खटिएबापत उनीहरूका लागि सरकारले ४४ हजार ४४० रूपैयाँ  तलब तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै