Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

डीएसपी कार्की बने प्रदेश १ कै उत्कृष्ट प्रहरी

प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज कार्की प्रदेश १ कै उत्कृष्ट प्रहरी अधिकारी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय दमकमा कार्यरत उनलाई प्रदेश नं. १ प्रहरी कार्यालयले कात्तिक महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको हो । 

 

प्रदेशका प्रमुख डीआईजी अरुण कुमार बीसीका अनुसार प्रदेशभरमा कार्कीको कार्यसम्पादन सबैभन्दा अब्बल भएपछि यो पुरस्कार दिइएको हो । प्रदेश प्रहरीले हरेक महिना राम्रो काम गर्ने प्रहरीलाई कदरस्वरूप यस्तो पुरस्कार दिने गरेको छ ।

 

कार्कीले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कार्य गरेकाले कात्तिक महिनाको पुरस्कार दिइएको प्रदेश प्रहरीले उल्लेख गरेको छ । 

 

कार्कीले गौरादह नगरपालिका वडा नं. ५ का ४६ वर्षीय मबेसिर हुसेन मियाँ हत्याको सफल अनुसन्धान गरी आरोपीहरूलाई कानुनी दायरामा ल्याएका थिए । कात्तिक ११ गते बेपत्ता मियाँको हत्या गरी घरदेखि दक्षिणतर्फ बाहिर रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा फालेको अवस्थामा २६ कात्तिकमा शव फेला परेको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै