Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

हतियारसहित दुई भारतीय नागरिक पक्राउ 

शनिबार हतियारसहित दुई भारतीय नागरिकलाई पक्राउ परेका छन् ।

 

सशस्त्र प्रहरी बलले सिम्रौनगढ नगरपालिका–९ बसबरियाबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली २ राउण्ड, चाईनिज पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन १ थान र २ राउण्ड सहित २ जनालाई पक्राउ गरेको हो । 

 


पक्राउ पर्नेमा भारत बिहार राज्य पूर्वी चम्पारण मोतिहारी थाना घोडासहन ग्राम पंचायत लौखान–१ बस्ने २३ वर्षीय पप्पु कुमार यादव र सोही ठाउँ भेलवा–१४ बस्ने २१ वर्षीय अकलेश कुमार सिंह छन् ।

 

 

भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०१ पी ३१६१ नम्बरको मोटरसाइकलमा सवारी उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल गोलागंज पोष्टबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

 


उनीहरूलाई थप कारवाहीका लागि ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै