Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

पदभार ग्रहण गर्दै उद्योगमन्त्री बडूले भने– सबै चुनौती पार गर्छौं 

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग मन्त्रालयमा रहेको चुनौतिलाई सफलतापूर्वक पार लगाउने बताएका छन् । 

 


बिहीबार उद्योग मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री बडूले उद्योगसम्बन्धी देखिएका समस्यालाई समाधान गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।  उनले आफूसँग मन्त्रालय सञ्चालनको लागि राम्रो टोली रहेको भन्दै आत्मविश्वास र प्रतिवद्धताका साथ काम गर्ने बताए । 

 


मन्त्री बडूले जनताले राहत महशुस गर्ने गरेर उद्योगसम्बन्धीका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । 

 


उनले भने, ‘उद्योग मन्त्रालयमा रहेको चुनौतिलाई सफलतापूर्वक पार गर्छौं । त्यसको लागि टिमवर्क चाहिन्छ । यो आत्मविश्वास र प्रतिवद्धताका साथ हामी अघि बढ्न सक्यौँ भने चुनौती समेट्न यो मेरो लागि अवसर पनि हो ।’ 

 


सरकारले कानूनमन्त्रीमा गोविन्द बन्दीलाई नियुक्त गरेसँगै मन्त्री बडूले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि मन्त्री बडूले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हाल्दै आएका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै