
अष्ट्रियाले आफ्नो देश भित्र रहेका चार रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ ।
उनीहरूले आफ्नो देशमा रहेर कूटनीतिक मूल्य मान्यता विपरीतका गतिविधि गरेको भन्दै अष्ट्रियाले उनीहरूलाई देश छाड्न आदेश दिएको हो ।
अष्ट्रियाको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार देश छाड्न आदेश दिइएका व्यक्ति रहेका छन् ।
अर्का एकजना भने पश्चिमी सहर साल्जबर्गमा रहेको महावाणिज्य दूतावासमा कार्यरत कूटनीतिज्ञ छन् ।
उनीहरूलाई यही अप्रिल १२ सम्ममा अष्ट्रिया छोडिसक्नु पर्ने आदेश दिइएको विदेश मन्त्रालयका अधिकारीहले जनाएका छन् ।
युरोपेली देशहरूबाट गत सोमबारसम्ममा झण्डै दुई सय रुसी कुटनीतिज्ञलाई देश निकाला गरि सकिएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit