Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

३० वैशाखमा स्थानीय निर्वाचन 

फाइल तस्बिर

सरकारले २०७९ वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकमा उक्त निर्णय भएको हो ।

 

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन २०७९ साल बैशाख ३० गते गर्ने निर्णय गरेको हो । स्थानीय तहको निर्वाचन देशभर एकै चरणमा गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।   

 

 

‘आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी बैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको कुरा म यहाँहरु मार्फत् सम्पूर्ण देशबासीमा, दाजुभाई, दिदीबहिनीहरुमा अवगत गराउन चाहान्छु र अरु आज बसेको मन्त्रिपरिषद्का महत्वपूर्ण जो निर्णयहरु छन्, ति निर्णयहरु नियमित रुपले सञ्चार मन्त्रालयमा भोली म यहाँहरु मार्फत् सबैमा सुसुचित गर्ने व्यहोरापनि जानकारी गराउन चाहान्छु’ उनले भने ।

 

निर्वाचन आयोगले एकै चरणमा गर्ने भए वैशाख १४ र दुई चरणमा गर्ने भए १४ र २२ को मिति यसअघि सिफारिस गरेको थियो । तर सत्ता गठबन्धन दलले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले जेठ ४ को मिति प्रस्ताव गरेको थियो ।

 

तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचनसम्वन्धी कानूनमा खासै परिमार्जन गर्न नपर्ने आयोगले सरकारलाई परामर्श दिएको थियो ।

 

राजनीतिक दलबीच संविधान र कानूनका विषयमा स्थानीय तहको निर्वाचनका सन्दर्भमा फरक बुझाई र विश्लेषण भएका कारण निर्वाचनको मिति घोषणालाई चासोका साथ हेरिँदैआएको थियो । यसअघि आयोगले सरकारलाई जेठ ४ गते एकै चरणमा निर्वाचन गर्न सुझाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

कांग्रेसका तीन नेतालाई पर्दाफासका ५ प्रश्न, किन सेलायो कांग्रेस ?

सभापति देउवाले संवैधानिक परिषद्बाट प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बनाउन सिफारिस गरेकाले पनि आफैले सरकारको...

माघ २४, २०७८