
सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
समितिको आजको बैठकले भारतका लागि प्रस्तावित डा शङ्कर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीबाट आ–आफ्नो अनुभव, योग्यता, सोच र अवधारणासम्बन्धी जानकारी लिएपछि उहाँहरुका नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित तीनैजना राजदूतको नाम समितिबाट सर्वसम्मतरुपमा अनुमोदन भएको जानकारी दिए ।
प्रस्तावित व्यक्तिहरुको सुनुवाइ गर्दा योग्यता, क्षमता र अनुभवको आधारमा राजदूतका लागि योग्य देखिएकाले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०७५ को नियम २६ को उपनियम ५ बमोजिम प्रस्तावित व्यक्तिहरुलाई सर्वसम्मत रुपले अनुमोदन गरिएको उनले बताए ।
समितिले सरकारले आगामी दिनमा गर्ने राजनीतिक नियुक्तीहरुमा संविधानको धारा ४२ बमोजिम समानुपातिक र समावेशी रुपमा गर्न सरकारलाई ध्यानाकर्षण समेत गराएको सभापति कर्णले जानकारी दिए ।
११ कात्तिकको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको थियो । उनीहरुको नाम संसदीय समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने व्यवस्था छ ।
cialis pharmacy - buy tadalafil buy cialis pills
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
cialis pharmacy - buy tadalafil buy cialis pills