
नेकपा एकीकृत समाजवादीले नेपाली भूमि लिपुलेकमा भारतले सडक विस्तार गरेको भन्दै त्यसलाई रोक्न माग गरेको छ । एकीकृत समाजवादीका विदेश विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सोमबार एक विज्ञप्ति जारी गर्दै लिपुलेकले भारतले सडक विस्तार गरेकोप्रति जनाएका हुन् ।
विज्ञप्तिमा भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा अवैधानिक रुपमा बनाएको सडक फराकिलो बनाउन लागेकाले त्यसलाई रोक्न माग गरेको छ । यस्तै नेपाल सरकारलाई पनि आफ्नो भूमि संरक्षणका लागि उपयुक्त कदम चाल्न आग्रह गरिएको छ ।
‘लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको सार्वभौम भूमि हो भन्ने कुरा भारत सरकारलाई थाहा छ’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारसँगको छलफल र सहमतिविना सो क्षेत्रमा कुनै विकास निर्माणका काम हुनु अवैधानिक हुनुका साथै नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको उल्लंघन हो ।’
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit