
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ।
कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका १ बाट शंकाको आधारमा यूके ०६ एई ९७५८ नम्बरको मोटरसाइकलमा भारतको जिल्ला चम्फावत भजनपुर ग्राम बस्ने बर्ष २१ को अमन चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट लागु औषध (खैरो हेरोईन) ११.८७ ग्राम समेत बरामद भएको छ । कानुनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
उनीबाहेक कञ्चनपुर कै दोधारा-चाँदनी न.पा.९ बुद्धनगर स्थित सु.प.प्रदेश ०२-००३ प ३८८० नंम्बरको मोटसाइकलमा सवार जिल्ला कञ्चनपुर दोधार-चाँदनी नगरपालिका ६ बस्ने बर्ष १८ को आदिप मगर र सोही ठाउका वर्ष १८ को सार्थक शर्मालाई पनि प्रहरीले लागु औषध (खैरो हेरोईन) सहित पक्राउ गरेको छ ।
उनीहरुका साथबाट ६० मिलिग्राम सहित नियन्त्रणमा लिई कानुन बमोजिम थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit