Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

स्ट्रेचरमा बोकेर प्रहरीले बचायो सुत्केरी व्यथा लागेकी महिलाको ज्यान 

प्रहरीले जाजरकोटमा सुत्केरी व्यथा लागेकी महिलालाई स्ट्रेचरमा बोकेर स्वास्थ्य चौकी पुर्‍याएर ज्यान बचाएका छन् । 

 

जिल्लाको दुर्गम कुशे गाउँपालिका ८ औलीजा बस्ने २८ वर्षीया दुर्गा रोकायालाई प्रहरी चौकी पैकबाट खटिएको टोलीले बोकेर स्वास्थ्य चौकी पैक पुर्‍याएको  हो ।
स्थानीयले गर्भवती रोकायालाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्य चौकी लैजान कुनै उपाय नभएपछि प्रहरीलाई खबर गरेका थिए । 

 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार पैकस्थित प्रहरी चौकीको टोलीले तत्काल स्टे«चरको व्यवस्था गरेर महिलालाई स्वास्थ्य चौकी पुर्‍याएको हो ।  

 

रोकायको घरदेखि पैक स्वास्थ्य चौकी करिब तीन घण्टाको दूरीमा छ । स्वास्थ्य चौकीमा पुर्याएपछि महिलाले छोरा जन्माएकी छिन् । आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै