
उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिवद्ध रहेको बताएका छन् ।
मन्त्री भएलगत्तै शुक्रबार कार्यभार सम्हाल्दै उनले बहुल राज्यको कुरा उठाएका थिए । मन्त्री महतोको भनाइलाई लिएर चौतर्फी आलोचना भएको थियो ।
मन्त्री महतोले एक विज्ञप्ति निकाल्दै आफ्ना भनाइ बङ्ग्याएर र गलत अर्थ लाग्ने गरी प्रचारप्रसार गरिएको बताएका छन् ।
‘म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिवद्ध रहेको छु। यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने म प्रष्ट पार्न चाहन्छु,’ उनले भनेका छन्।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit