Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

पर्यावरण जोगाइएन भने विश्वले ठूलो मूल्य चुनाउँनुपर्नेछ : इमरान खान

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पर्यावरण नजोगाए विश्वले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।

 

विश्व वातावरण दिवसको उपलक्ष्यमा यूएनको वातावरण विभागसँगको समन्वयनमा पाकिस्तानले आयोजना गरेको कार्यक्रममा शनिबार बोल्दै उनले जलवायु परिवर्तन र तापक्रममा भइरहेको वृद्धिको मुद्दालाई राम्रो ढंगले सम्बोधन नगरिए खराब परिणाम बेहोर्नुपर्ने बताए । 

 

खानले आफ्नो देश र पाकिस्तानलाई प्रकृतिले अहिले पनि पर्यावरण संरक्षणका लागि मौका दिएको भन्दै मानवीय सभ्यता जोगाउन त्यसतर्फ ध्यान जानु आवश्यक रहेको बताए । 

 

खानले दक्षिण एसियासँगै आफ्नो देशको उत्तरी क्षेत्रका हिमाल पनि हिउँ पग्लिरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले हिमालबाट बग्ने पानीमा पाकिस्तान लगायत देश निर्भर रहेको भन्दै हिउ नै नरहे संकट उत्पन्न हुने बताएका थिए ।

 

पाकिस्तानले १० मिलियन रुख रोप्ने योजना बनाएको र त्यसमध्ये १ बलियन रुख रोपिसकेको उनको भनाइ थियो । बाँकी ९ मिलियन रुखहरु आगामी ३ वर्षभित्र रोपिने खानले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै