Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

उद्धार नसकिँदै मारिउपोलको स्टिल उद्योगमा पुनः रुसको आक्रमण

युक्रेनको मारिउपोल सहरस्थित स्टिल उद्योगमा रुसले आम नागरिकको उद्धार कार्य नसकिँदै पुनः आक्रमण गरेको छ ।

 

युक्रेनका एक अधिकारीले मारिउपोलस्थित स्टिल उद्योगमा फसेका अझै सयौँ सर्वसाधारण उद्धार कार्य बाँकी रहेको बताएका हुन् । सोमबार उद्धार कार्य नसकिँदै रुसले पुनः आक्रकमण सुरु गरेको उनको भनाइ छ । 

 


राष्ट्रिय गार्डका कमाण्डर डेनिस श्लेगाले सोमबार एजोभस्टाल स्टिल उद्योगमा सबै अस्त्रहरूले आक्रमण  भएको बताएका हुन् । आइतबार उक्त उद्योगमा आश्रय लिएका थुप्रै सर्वसाधारण त्यहाँबाट अन्यत्र जान सफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । तर पनि स्टिल उद्योगमुनि रहेको बङ्करमा अझै कयौँ साना बालबालिका रहेको कमाण्डर श्लेगाले बताएका छन् । 

 

 

सर्वसाधारणलाई अन्यत्र जान निस्किएलगत्तै उक्त उद्योगमा रुसले पुनः बमबारी थालेको युक्रेनको टेलिभिजनमा बोल्दै ती कमाण्डरले बताएका हुन् ।  

 

 

युक्रेनको दक्षिणी बन्दरगाह सहर मारिउपोलमा रुसले यसअघि पनि हप्तौँसम्म तीव्र बमबारी गरेको थियो । सोमबार साँझ बाहिरिएको भिडिओमा एजोभस्टालमा ठूलो आगो लागेको देखिएको थियो ।  यस आगलागीलाई सामाजिक सञ्जालका प्रयोगकर्ताले रुसी बमबारीका कारण भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै