
मानव बेचबिखनमा संग्लन अभियुक्त २८ वर्ष पछि पक्राउ परेका छन् ।
मानव बेचविखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी भक्तपुरका रामशरण पण्डित क्षेत्रीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।
अभियुक्त क्षेत्री साउदी अरबमा १२ वर्ष तथा बाँकी समय नेपालका विभिन्न ठाउँहरुमा लुकिछिपी बसेका थिए ।
क्षेत्रीले २०४९ सालमा दुई महिलालाई मुम्बईको कोठीमा लगेर बेचेको प्रहरीले जनाएको छ।
विभिन्न कामको सिलसिलामा काठमाण्डौको बालाजु क्षेत्रमा आएका २ जना महिलाहरुलाई ट्याक्सीमा घुमाउन लगि मुम्बईंमा हिरा पाउँछ महिलाले लुकाई नेपाल ल्याउँदा पक्राउ पर्दैन भनेर प्रलोभनमा परि उनले महिलालाई मुम्बई पुर्याएका थिए ।
काठमाण्डौ कलंकी बाट वीरगंजको रक्सौल नाका हुँदै मुम्बई पुर्याएपछि कोठीमा बेचेर क्षेत्री फरार भएका थिए । पाँच दिनपछिमात्रै ती महिलाहरुले आफूहरुलाई ३५ हजारमा बेचेर क्षेत्री फरार भएको थाहा पाएका थिए ।
कोठीमा अनैतिक कृयाकलाप गर्न बाध्य पारेको पाँच समय पछि मुम्बई प्रहरीको सहयोगमा ती महिलाको उद्धार भएको थियो । उनीहरुले २०४९ भदौंमा जि.प्र.का. काठमाण्डौमा जाहेरी दिएका थिए ।
त्यसपछि फरार रहेका क्षेत्रीलाई मानव बेचविखन अनुसन्धान व्यूरोबाट खटिई गएको प्रहरी टोलीले यही चैत्र ९ गते भक्तपुर चाँगुनारायणबाट पक्राउ गरेको हो । थप अनुसन्धान भईरहेको ब्युरोले जनाएको छ ।
अहिले कोभिड–१९ को महामारीपछि नमस्तेसँगै नयाँ पुस्तामा यो कुम मिलाउने चलन फस्टाएको छ । तर चीनको जनसेनाका उच्च तहमा रहेका फेङहेले नै यति सहज रुपमा कुम अघि सारेको देख्दा उनक...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit